२०८२ पुष १७

नवीनमा अन्तर नगरस्तरीय छात्र भलिबल खेल
  • लुम्बिनी खोज
  • २०८२ पुष १७, बिहीबार ११:५७ गते

बुटवल,१७ पुस ।
नवीन औद्योगिक कदर बहादुर रीता माविद्वारा स्वर्ण महोत्सवको अवसरमा आयोजित अन्तर नगरस्तरीय छात्र भलिबल खेलको सुभारम्भ बिहिबार भएको छ ।
उक्त खेलकुद प्रतियोगितामा नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले शुभारम्भ गर्दै खेल र शिक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिए । उनले विद्यालय तहबाट नै खेलाडी उत्पादनमा ध्यान दिन आवश्यक भएकाले नगर खेलकुद विकास समितिले योजनाबद्ध रुपमा विकास गर्ने गरी खेलकुदमा बजेटसमेत व्यवस्था गरेको धारणा राख्दै सातौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सञ्चालनको तयारीमा रहेको समेत बताए ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा, सहायक प्रधानाध्यापक अर्जुन खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा व्यवस्थापन समूह इन्चार्ज जयराम पन्थीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयको तर्फबाट परीक्षा समितिका संयोजक सन्तोष पछाई, खेल प्रशिक्षक दीपक कुमार क्षेत्री र भलिबल प्रशिक्षक वरुण गिरीले सहजीकरण गरेका थिए ।
रेफ्रीको तर्फबाट रेफ्री संयोजक किशन चन्द, रेफ्रीहरू चिरन पाल, आकाश वेल्वासे र सुजन राना ररहेका छन् ।
पहिलो खेल कालिका मानवज्ञान मावि र मणिमुकुन्द मावि बीच भएको थियो । यस खेलमा मणिमुकुन्द मावि विजय भएको छ भने दोस्रो खेल उजीरशिह मावि र नयागाउँ मावि बीच भएकोमा उजीरशिह मावि विजय भएको छ । तेस्रो खेल नवीन औद्योगिक कदर बहादुर रीता मावि र अक्सफोर्ड मावि बीचको खेलमा नवीन औद्योगिक कदर बहादुर रीता मावि विजय भएको छ । चौथो खेल कान्ति मावि र न्यू होराइजन मावि बीचको खेलमा न्यू होराइजन मावि विजय भएको छ ।
विद्यालयको स्वर्ण महोत्सव तथा अभिभावक दिवस २०८२ को अवसरमा विद्यालयले पौष १३ गते देखि विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरेको र उक्त दिन पत्रकार सम्मेलन समेत सम्पन्न गरेको थियो र पौष १४ गते रुपन्देही जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार विद्यालयले पौष २० गते र २१ गते श्रीकृष्ण नेत्रालय सँगको समन्वयमा आँखा शिविर सञ्चालन गर्ने र २१ गते विद्यालयको आयोजनामा नवीन विद्यार्थी क्लबको व्यवस्थापनमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। पौष २२ गते बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा मूल समारोह आयोजना गरेको छ।