१८ बैशाख २०८१, मंगलवार

हाम्रो बारेमा
  • लुम्बिनी खोज
  • ४ फाल्गुन २०७७, मंगलवार ०९:२३

लुम्बिनी खोज अनलाइन सञ्चार माध्यमहरुको माझमा नया“ पनका साथ उपस्थीत भएको छ । नेपाली सञ्चार क्षेत्रको विकासका क्रममा अनलाइन सञ्चार माध्यमहरु प्रति रुचि बढेसगै पछिल्लो समयमा अनलाइन सञ्चार माध्यम धेरै आएका छन र आम रुपमा रोजाइमा पनि अनलाइन सञ्चार माध्यम बढी पर्ने गरेका छन । विश्व परिवेश र अहिलेको सुचनाको युगमा सहज रुपमा सुचना, जानकारीका साथै मनोरञ्जन समेत अनलाइनका माध्यमबाट आम रुपमा प्राप्त गर्न सहज छ । अनलाइन समाचारहरुको भिडमा हामी खोजमुलक समाचारलाई बढी प्रथामिकता दिने गरी उपस्थीत भएका छौं । खासगरेर स्थानिय पनलाई बढी प्रथामिकतामा राखेका छौं ।
लुम्विनी प्रदेश र यहाका १२वटै जिल्ला र सबै पालिकालाई बढी महत्व दिनेछौं । यसका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका समाचारहरु पनि यहाहरु माझ हामी ल्याउने छौं । विकास निर्माण तथा आर्थिक क्षेत्रको विकासलाई ध्यान दिदै प्रदेशको समग्र विकासका साथै मुलुकको हितमा योगदान पु¥याउने तर्फ नै हाम्रो ध्यान हुनेछ । विकास र सम्वृद्धि तर्फ आम रुपमा आशा जगाउने खालका समाचारका साथै खोज अनुसन्धानमुलक सामाग्रीलाई विशेष प्राथमिकता दिने छौं । हामी यहा“हरुका रचनात्मक सुझावलाई उच्च महत्व दिने छौं । यहा“हरुबाट रचनात्मक सुझावको अपेक्षा पनि राखेका छौं ।