२०८२ फाल्गुन ३०

रुपन्देहीमा लागु औषधसहित भारतीय नागरिक पक्राउ
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन २९, शुक्रबार १६:१६ गते

बुटवल २९ फागुन ।
रुपन्देहीमा प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका– ३ स्थित सिद्धार्थपथबाट भारत उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्ला मोहना थाना ग्राम पोस्ट बडपुर बस्ने ४१ वर्षीय मोहम्मद आजमलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आजमको साथबाट लागुऔषध डाइजेपाम पाँच सय एम्पुल, फेनारगन पाँच सय एम्पुल र नुफ्रिन पाँच सय एम्पुल गरी एक हजार पाँच सय एम्पुल फेला पारी बरामद गरिएको छ । आजमलाई रुपन्देही जिल्ला अदालतबाट सात दिन म्याद थप भई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।