२०८३ बैशाख २६
काठमाण्डौं २५ बैशाख ।
प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको सिफारिसविरुद्धका रिट निवेदन दरपीठ भएको छ। सर्वोच्च अदालत प्रशासनले तीन रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाल र अधिवक्ता गीता थापाले लगेको छुट्टाछुट्टै रिट निवेदन दरपीठ भएको हो।