२०८३ बैशाख २९

रोयल इनफिल्डको गुरिल्ला ४५० नेपालमा सार्वजनिक
  • लुम्बिनी खोज
  • २०८३ बैशाख २८, सोमबार १६:३० गते

बुटवल २८ बैशाख ।
रोयल इनफिल्डले आफ्नो नयाँ अर्वान परफर्मेन्स रोडस्टर गुरिल्ला ४५० नेपालमा सार्वजनिक गरेको छ । यसको आधिकारीक बिक्रेता गैरे प्रतिष्ठान प्रा.लि. बुटवलमा गुरिल्ला ४५० सार्वजनिक भएको हो । घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ गुरिल्ला ४५० तीन भेरियन्ट ( एपेक्स, ड्यास र फ्लास) तथा आठ विभिन्न कलरहरूमा उपलब्ध गराइएको छ । गैरे प्रतिष्ठानले सोमबार गरेको कार्यक्रममा का अध्यक्ष प्रेमराज गैरे, सञ्चालिका लक्ष्मि गैरे, गैरे प्रतिष्ठानका डाइरेक्टर प्रवेश राज गैरे, गैरे प्रतिष्ठानकै प्रिया गैरेले एकसाथ गरिल्ला ४५० सार्वजनिक गरेका हुन् ।
गैरे प्रतिष्ठानका डाइरेक्टर प्रवेश राज गैरेले नेपालमा गुरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । रोयल इनफिल्डले १२५ वर्षको यात्रा मनाइरहेका बेला नेपालमा गुरिल्ला ४५० सार्वजनिक गर्न पाउनु उत्साह जनक कदम भएको उनले बताए । नेपाली युवा र स्पोर्टी राइडिङ मन पराउने ग्राहकका लागि यो उत्कृष्ट विकल्प बन्नेमा प्रतिष्ठान विश्वस्त रहेको गैरेले बताए ।
नेपालमा गुरिल्ला ४५० को बुकिङ कम्पनीले खुला गरिसकेको नेपालभरिका रोयल इन्फिल्डका शोरुमहरूमा गुरिल्ला ४५० उपलब्ध हुने कम्पनीले जनाएको छ । पहिलो दिन ५ वटा बुकिङ भएको यस रोयल इनफिल्डको गुरिल्ला ४५० विभिन्न कलरमा उपलब्ध रहेको छ । यसको मुल्य ८ लाख ९९ हजार रहेको छ ।
गुरिल्ला ४५० मा ४५२ सीसीको सिंगल सिलिन्डर लिक्विड–कुल्ड शेर्पा इन्जिन प्रयोग गरिएको छ । यसले ८ हजार आरपीएममा ४० पीएस पावर र ५ हजार ५ सय आरपीएममा ४० एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार ८५ प्रतिशत भन्दा बढी टर्क ३ हजार आरपीएमबाट उपलब्ध हुने भएकाले शहरदेखि हाईवे सबै प्रकारका सडकमा सहज पर्फमेन्स दिन्छ । मोटरसाइकलमा ६–स्पीड गियरबक्स, एसीस्ट तथा स्लिप कलच राइड–बाइ –वायर प्रविधि तथा ‘स्पोर्ट’ र ‘स्ट्रिट’ गरी दुई राइडिङ मोड उपलब्ध छन् ।
गुरिल्ला ४५० मा ११ लिटर इन्धन ट्याङ्कीसहित विभिन्न फिचर समावेश छन् । १७ इन्च ट्युबलेस टायरले मोटरसाइकललाई अझ स्थिर र चुस्त बनाउने कम्पनीको दाबी छ । मोटरसाइकलका सबै भेरियन्टमा रोयल इन्फिल्डको ४ इन्च टीएफटी ‘ट्रिपर ड्यास’ उपलब्ध हुनेछ ।
गैरे प्रतिष्ठानका लेखाप्रमुख कमल घिमिरका अनुसार सोमबार सार्वजनिक गरिएका मोटरसाइकलहरु ८ लाख ९९ हजार मुल्यका रहेका छन् । बुटवल सो रुम म्यानेजर नारायणप्रसाद खनालले मोटरसाइकलका विशेषताबारे चर्चा गर्दै यी मोटरसाइकलका राइडरहरुले आरामदायी अनुभव गर्ने बताएका थिए ।
सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इनफिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्राण्डमध्ये एक हो । ब्रिटिश विरासतबाट सुरु भएको यो ब्राण्डले भारतको मिड–साइज दुईपांग्रे सवारी सेग्मेन्टको विकासमा अग्रणी भूमिका खेलेको छ ।