२०८३ जेष्ठ १
काठमाण्डौं १ जेठ ।
सरकारको बेरुजु सात अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा मात्र ८८ अर्ब नौ करोड रुपैयाँबराबरको बेरुजु बढेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। गत वर्ष ९४ खर्ब ८४ अर्ब रुपैयाँबराबरको लेखापरीक्षण भएको छ ।
महालेखापरीक्षकको कार्यालयले आज शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष ०८१र८२ को प्रतिवेदन बुझाएको छ ।
महालेखापरीक्षक तोयम रायका अनुसार संघीय कार्यालयतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ पाँच अर्ब २३ करोड र स्थानीय तहतर्फ १९ अर्ब पाँच करोड बेरुजु देखिएको छ।