२०८३ जेष्ठ ३

बुटवलमा अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुमवासीको प्रदर्शन
  • लुम्बिनी खोज
  • २०८३ जेष्ठ ३, आईतवार १५:३८ गते

बुटवल ३ जेठ ।
नेपाल अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुमवासी संघर्ष समिति रुपन्देहीको आयोजनामा बुटवलमा आइतबार प्रदर्शन भएको छ। बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन मिलनचोक, अस्पताल लाइन हुँदै ट्राफिक चोक पुगेर सभामा परिणत भएको थियो।

प्रदर्शनका क्रममा डोजर आंतक बन्द गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी भएको थियो। उनीहरूले ‘उठिवास होइन व्यवस्थापन गर’, ‘डोजर आतंक बन्द गर’, ‘जमिन तेरो हो सरकार, जनता कसको हो रु’जस्ता नारा लगाएका थिए।

सभामा डोजर आंतक बन्द गर्नुपर्ने र लालपुर्जा वितरण गरेर सुकुमवासी व्यवस्थापन गर्नुपर्नेमा वक्ताहरूले जोड दिए। प्रदर्शनमा रुपन्देहीका अतिरिक्त अन्य विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू पनि सहभागी थिए। आयोजकका अनुसार बुटवलमा राष्ट्रिय भेलासमेत आयोजना गरिएको छ।