२०८३ जेष्ठ १५
बुटवल १५ जेठ । गणतन्त्र दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रर्दशन गरेको छ ।
सरकारः लोकतन्त्र विरोधीको लौरो नबन, संसदः संसदीय सर्वोच्चता जोगाउ, संसदबाट बनेको सरकार संसदप्रति नै अनुदार, निर्मल निवास प्रति उदार ? जस्ता नारासहित शान्ति समाजले गणतन्त्र दिवस मनाएको हो ।
कार्यक्रममा विभिन्न क्षेत्रका ब्य्िरक्तत्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वोल्दै शान्ति समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनालले संविधान संशोधन गर्ने क्रममा संविधानको मुल मर्म गणतन्त माथि नै प्रहार हुने हो की भन्नेमा सचेत हुनुपर्नेमा जोड दिए । गणतन्त्र, लोकतन्त्र, संसदप्रति सरकारको प्रतिवद्धताको आवश्यकतामा पनि उनले जोड दिए । त्यस्तै संसदले आफ्नो प्रतिवद्धता कायम राख्दै अगाडी बढ्नुपर्ने उनले बताए ।
कार्यक्रममा शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवाली, निवर्तमान सभापति कृष्ण भट्टराई, उपसभापति कृष्ण पाण्डे, सचिव लिलाधर लुइटेल, पत्रकार बालकृष्ण चापागाई, रुपन्देही ब्यापार संघका अध्यक्ष प्रकाश ढकाललगायतले सहभागिता जनाएका थिए ।
