२०८३ असार ८

लुम्बिनी प्रदेश सभाको बैठक स्थगित, मंगलबार दिउँसो ३ बजे बस्ने
  • लुम्बिनी खोज
  • २०८३ असार ८, सोमबार ११:०३ गते

बुटवल ८ असार ।
लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक एक दिनका लागि स्थगित गरिएको छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचनाअनुसार आज सोमबार दिउँसो १ बजे बस्ने गरी पूर्वनिर्धारित आठौं अधिवेशनको दशौं बैठक लुम्बिनी प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको हो । सूचनामा जनाइए अनुसार सभामुखको निर्देशनमा उक्त बैठक अब असार ९ गते मंगलबार दिउँसो ३ बजे बस्ने गरी तय गरिएको छ । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि बैठक स्थगित सम्बन्धी सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।