२०८३ असार १५

भन्सार छली गरेर ल्याइएका ३८ थान आइफोन मोबाइलसहित स्कुटर नियन्त्रणमा
  • लुम्बिनी खोज
  • २०८३ असार १४, आईतवार १५:१८ गते

बुटवल १४ असार।
रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका ३८ थान अवैध आइफोन मोबाइल फोनहरू नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा लु ५३ प ३३९८ नम्बरको स्कुटर रोकी निरीक्षण गर्दा भारतबाट अवैध रूपमा ल्याइँदै गरेका मोबाइल फोन बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी समेत रहेका प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दका अनुसार बरामद मोबाइलहरूको अनुमानित मूल्य २३ लाख ९० हजार रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाउने प्रक्रिया अघि बढाइएको छ।

बरामद गरिएका सामग्रीहरू ः

एप्पल आइफोन १७ — २ थान
एप्पल आइफोन १३ (२५६ जीबी) — ९ थान
एप्पल आइफोन १३ (१२८ जीबी) — १२ थान
एप्पल आइफोन १४ प्रो — २ थान
एप्पल आइफोन ११ (१२८ जीबी) — १३ थान
स्कुटर लु ५३ प ३३९८ नम्बरको — १ थान

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।