२०८१ श्रावण १२

भलाई कोषद्वारा स्वर्ण महोत्सवको लोगो सार्वजनिक
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २१, सोमबार १२:२१ गते

बुटवल, २१ फागुन ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्वर्ण महोत्सवको लोगो सार्वजनिक गरेको छ ।
२०३१ सालमा स्थापित भलाई कोषले ५० वर्ष पूरा गरेको अवसरमा आगामी बैशाख १, २ र ३ गते स्वर्ण महोत्सव मनाउँदै छ । सोमबार बसेको कार्यसमिति बैठकमा स्वर्ण महोत्सवको लोगो सार्वजनिक गरिएको संस्थाका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए ।
स्वर्ण महोत्सवका अवसरमा संस्थाले रक्तदान, स्वास्थ्य चेकजाँचसहित मूल समारोहको समेत आयोजना गर्ने छ । साथै संस्थाले स्वर्ण महोत्सवकै अवसर पारेर ५ लाख रुपियाँको गरीव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्न लागेको अध्यक्ष फुल्लेलले बताए ।
त्यस्तै भलाई कोषले हालसम्म भए गरेका काम, संस्थाको इतिहास र दुर्घटना न्युनीकरणसम्बन्धी विषयलाई समेटेर स्मारिका प्रकाश गर्न लागेको र स्वर्ण महोत्सव मूल समारोहकै दिन पारेर स्मारिका विमोचन गरिने अध्यक्ष फुल्लेलले बताए । यातायात मजदूर तथा व्यवसायी भलाई कोषले दुर्घटना न्युनीकरणका लागि बिगतदेखि नै सचेतना जगाउँदै आएको छ ।