२०८१ कार्तिक ८

व्यापार संघमा सुनचाँदी वस्तुगत उपसमिति गठन
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २९, मंगलवार ११:५७ गते

बुटवल । रुपन्देही व्यापार संघमा आवद्ध सुनचाँदी व्यवसायीहरुको सम्पन्न भएको वृहत भेलाले वस्तुगत उपसमिति गठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले दलबहादुर वि.क.को संयोजकमा ९ सदस्यीय सुनचाँदीउपसमिति गठन गरेको हो । सुनचाँदीउपसमितिको सह–संयोजकमा ठकरबहादुर वि.क., सचिवमा अमृत वेवारे, कोषाध्यक्षमा असिम सेन्चुरी, सह–सचिवमा लक्ष्मण सेन्चुरी रहेका छन् । सदस्यहरुमा राजेन्द्र गहतराज, हिमाल कालिराज, मनिक वि.क., मञ्जिल वि.क. र सल्लाहकारहरु हरिबहादुर गहतराज, गकुल विश्वकर्मा र हरिबहादुर सुनार रहेका छन् ।
कार्यक्रममा संघका द्वितिय उपाध्यक्ष प्रेमनाथ पाण्डेले संस्थागत हित र संस्थाको सुदृढिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने भन्दै सबैलाई जिम्मेवार भएर पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उनले वस्तुगत उपसमितिमार्फत् सम्पूर्ण व्यावसायीहरुको असल अभिभावक बन्न उपसमितिलाई आग्रह गरे । यस्तै भेलामा बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्मा, रुपन्देही व्यापार संघका कोषाध्यक्ष मनिराम खनाल, सचिव मनहरि बस्याल, सह–सचिव प्रकाशराज पौडेल, सह–कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, सम्बद्ध सदस्य हरिबहादुर खड्का, निवर्तमान कार्यसमिति सदस्य हरिबहादुर गहतराजलगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा बताएका थिए । कार्यक्रम सुनचाँदीउपसमितिको संयोजक सरोज गहतराजको अध्यक्षता र दलबहादुर वि.क.को संचालनमा सम्पन्न भएको थियो ।