२०८१ श्रावण १२

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यको सिफारिस
  • लुम्बिनी खोज
  • २०८० चैत्र १, बिहीबार १२:११ गते

बुटवल १ चैत ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । तीन दिन मात्रै चलेको तेस्रो अधिवेशन एकाएक अन्त्य गर्न सिफारिस गरिएको छ । यहा यही चैत ४ गतेलाई संसद बैठक बोलाइएको थियो । तर राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनी प्रदेश सरकारले अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री सन्तोष कुमार पाण्डेले बताए ।
यहा फागुन ३० गते लेखिएको पत्र चैत १ गते प्राप्त भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । ३० गते राति १२ बजेबाट अधिबेशन अन्त्य गर्ने सिफारिसको पत्र अर्को दिन प्राप्त भएपछि अर्को पत्र ल्याउन भन्दै दर्ता नभएपछि बिहिजार अर्को पत्र पठाइएको छ ।