२०८१ श्रावण १२

होलीमा ४ दुर्घटना, एकको मृत्यु, सवारी नियम उल्लंघनमा ३१७ सवारी साधनसहित १३ जना नियन्त्रणमा
  • लुम्बिनी खोज
  • २०८० चैत्र १२, सोमबार १६:३७ गते

 

बुटवल १२ चैत ।
होलीमा सवारी नियम उल्लंघन गरी चलाईएका ३१७ सवारी साधनसहित १३ जनालाई रुपन्देही स्थीत प्रहरीले नियन्त्रणमा लिएको छ ।
होली पर्वलाई सभ्य, भव्य, सुरक्षित, मर्यादित र शान्तपुर्ण वातावरणमा मनाउन सक्ने वातावरण निर्माण गर्ने उद्धेश्य अनुरुप प्रहरीले चकजाच गर्ने क्रममा नियम उल्लंघन गर्ने प्रहरीको कारवाहीमा परेका हुन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले १२८ स्थानमा चेक पोईन्ट राखी चेक जाँच गर्ने क्रममा सवारी नियम उल्लङघन गरी चलाईएकालाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मनोहरप्रसाद भट्टका अनुसार सबैभन्दा धेरै मोटरसाइकल नियन्त्रणमा लिइएको छ । यहा ३ सय ११ वटा मोटरसाइकल,३ वटा टेम्पो, जीप कार २ वटा र एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १३ जनालाई पनि नियन्त्रणमा लिएको जनाएको छ । यहा सोमवार ४ वटा दुर्घटना भएका छन् । जसमा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।