२०८१ श्रावण १२

गुल्मीमा पहिलो पटक विद्युतीय गाडी सञ्चालनमा
  • लुम्बिनी खोज
  • २०८० चैत्र २३, शुक्रबार १६:३६ गते

बुटवल,२३, चैत।

करिब पाँच करोड लगानीमा गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा आएको छ । बिहीबार मैत्री यातायात प्रालिले १० वटा विद्युतीय गाडी ल्याएको हो ।
जिल्लाको ग्रामीण बस्ती सिमलटारीबाट पाल्पा, बुटवलसम्मका लागि छुट्ने गरि गाडी सञ्चालनमा आएको मैत्री यातायात प्रालिका सञ्चालक सदस्य काशीराम पाण्डेले बताए  । मैत्री यातायात प्रालिले बिगत एक महिनादेखि विद्युतीय गाडीलाई परीक्षणको रुपमा सञ्चालन गरेर आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको जनाएको हो ।

तम्घासदेखि बुटवल सम्मको भाडा प्रतिव्यक्ति ५ सय ६५ कायम गरिएको मैत्री ा प्रालिका अध्यक्ष शङ्कर प्रसाद गौतमले बताए  । विद्युतीय गाडीमा १४ सिट क्षमता रहेको छ ।

विद्युतीय गाडीमा कायम गरिएको भाडादर डिजेल गाडीको तुलनामा २५ प्रतिशतसम्म सहुलियत रहेको मैत्री यातायात प्रालीले जनाएको छ । विद्युतीय गाडीको लागि मैत्री यातायात प्रालिले गुल्मीको तम्घास, रिडीमा चार्ज गर्ने स्टेसन निर्माण गरिएको छ ।