४ जेष्ठ २०८१, शुक्रबार

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
  • लुम्बिनी खोज
  • ६ बैशाख २०८१, बिहीबार ०८:४०

बुटवल ६ बैशाख ।
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु भएको छ । भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ ।
भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइनेछ । सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न ०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र ०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका छन् । सरकारले प्रत्येक आर्थिक वर्षमा बालबालिकालाई कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ ।