४ जेष्ठ २०८१, शुक्रबार

सरकारी स्वास्थ्यकर्मीलाई निजीमा काम नगर्न निर्देशन
  • लुम्बिनी खोज
  • १३ बैशाख २०८१, बिहीबार १७:१९

बुटवल,  १३बैशाख ।

सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम र प्रचारप्रसार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोक लगाएको छ ।मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार एक पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो ।

निजीमा काम मात्रै नभई उक्त प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको पाइए कारबाही गरिने जनाएको छ ।