७ जेष्ठ २०८१, सोमबार

नेपाल वेष्ट इन्डिजसँग १० रनले पराजित
  • लुम्बिनी खोज
  • १६ बैशाख २०८१, आईतवार १०:२१

काठमाण्डौं १६ बैशाख ।
दोस्रो टी २० खेलमा वेस्टइन्डिज ए ले घरेलु टोली नेपाललाई १० रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा ब्याटिङमा चुक्दा नेपाल दोस्रो टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ सँग दश रनले पराजित भएको हो।
रोस्टन चेजको कप्तानीमा रहेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदा मात्र एक सय ५० रन बनाएको हो। नेपालका रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रनमा नट आउट रहे पनि खेल जित्नबाट नेपाल चुकेको छ । दोस्रो खेलसँगै सिरिज १–१ को बराबरीमा पुगेको छ। तेस्रो खेल बुधबार हुनेछ।