२०८१ श्रावण १२

व्यापार संघमा क्याटरिङ्ग तथा मिष्ठान्न व्यवसायीहरुको भेला
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २७, बिहीबार १०:३७ गते

बुटवल, २७ वैशाख ।
रुपन्देही व्यापार संघमा आवद्ध क्याटरिङ्ग तथा मिष्ठान्न व्यवसायीहरुको भेला सम्पन्न भएको छ । संघको सचिवालयमा भएको उक्त भेलाले विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा ६सदस्यीय क्याटरिङ्ग तथा मिष्ठान्न वस्तुगत उपसमिति गठन गरेको हो । क्याटरिङ्ग तथा मिष्ठान्न वस्तुगत उपसमितिको सह–संयोजकमा बलराम पौडेल, सचिवमा अर्जुन पाण्डे, कोषाध्यक्षमा रविन श्रेष्ठ र सदस्यहरुमा धर्मराज काफ्ले, किरण थापा रहेका छन् । यस्तै भेलाले राजन सापकोटो, कमल पोखरेल र राजु पराजुलीलाई सल्लाहकार चयन गरेको छ ।
कार्यक्रममा बोल्दै रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालले व्यवसायीक एकता र वदलिदो परिस्थितीलाई समयमा चिन्न नसकेमा व्यापार अगाडी बढ्न नसक्ने बताए । उनले व्यवसायी व्यसायीहरुवीचमा स्वच्छ व्यवसायीक प्रतिष्पर्धाहरु हुनु पर्ने बताउदै राज्यका नीतिमा रहेका कमीकमजोरीलाई सच्याएर आर्थिक विकासमा नीजी क्षेत्रको सहभागिता बढाउनुपर्ने कुरामा जोड दिए ।
त्यस्तै कार्यक्रममा नव निर्वाचित संयोजक विष्णुप्रसाद भण्डारीले यो पेशा प्रत्यक्ष आम उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिने हुँदा शुद्धतामा ध्यान दिनुपर्ने कुरामा जोड दिदै उपसमितिलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै भेलामा प्रथम उपाध्यक्ष दयानिधि भण्डारी, कोषाध्यक्ष मनिराम खनाल (मणि), सह–सचिव प्रकाश पौडेल, कार्यसमिति सदस्य जिवनारायण घिमिरे, केदारनाथ नेपाल लगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा प्रकाश पारेका थिए । कार्यक्रम कार्यसमिति सदस्य घनश्याम भुसालको अध्यक्षता र जयलाल न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।