२०८१ श्रावण १२

विभाजनमा रहेका माओवादी धारहरूलाई एकीकृत हुन प्रचण्डको आग्रह
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २३, बुधबार १०:३० गते

पोखरा,२३ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरेका छन ।पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष ‘प्रचण्ड’ले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे ।
‘फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौँ,’ अध्यक्ष ‘प्रचण्ड’ले भने, ‘म जनक्रान्तिकै बाटोमा छु, चुनवाङकै बाटोमा छु, हिजो ‘प्रचण्ड’बाट क्रान्ति भएन भनेर उहाँहरू छुट्टिनुभयो, त्यो बाटो सही साबित भएन, हामी सही छौँ। हिजो अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ। म उहाँहरूलाई स्वागत गर्न तयार छु।’
बुर्जुवा गणतन्त्रमा समावेशी एवं समानुपातिक नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्र बुर्जुवा चरित्रको नभएको स्पष्ट पारे।
सुशासन, सामाजिक न्याय र समृद्धिको अर्थ समाजवाद आधार तयार पार्नु आजको आवश्यकता भएको औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले आफूहरू दृढतापूर्वक त्यस काममा लागिपरेको बताए।
उनले पार्टीलाई एकीकृत गरे अगाडि बढ्ने गरी वातावरण बनाउन र त्यसलाई सही निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए।