२०८१ आश्विन ६

एकीकृत समाजवादीको बन्द सत्रमा राजेन्द्र राईको पुरक प्रस्ताव
  • लुम्बिनी खोज
  • २०८१ असार १७, सोमबार १०:३७ गते

काठमाडौ,१७ असार ।

नेकपा (एकीकृत समाजवादी) को जारी १० औँ राष्ट्रिय महाधिवेशनमा सचिव राजेन्द्र राईले एकीकृत दस्ताबेजमाथि फरक मत राख्ने तयारी गरेका छन् । काठमाडौँस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा राईले ३२ पेज लामो फरक मत राख्ने तयारी गरेका हुन् ।

नेतृत्वमा माधव नेपाल निर्विकल्प रहेको बताउँदै राईले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसाथ गर्दै आफ्नो मत सार्वजनिक गरेका हुन्।

सो पार्टीको महाधिवेशनमा पेस गर्ने एकीकृत दस्तावेजमा जनताको बहुदलीय जनवाद (जबज) को औचित्य समाप्त भइनसकेको दाबी गरेका छन् । त्यस्तै राईले आफूलाई पहिचानको पक्षमा पनि उभ्याएका छन् । आफ्नो दस्ताबेजमा उनले पहिचानको उपदेयता नसकिएको उल्लेख गरेका छन् ।

उनले पार्टी पदाधिकारीविहीन हुनुपर्ने बताएका छन् भने एकीकृत समाजवादी पहिचानको पक्षमा उभिनुपर्ने धारणा राखेका छन् ।

उनले एमाले हुँदा भएका राजनीतिक–सैद्धान्तिक निर्णयहरूलाई निरन्तरता दिइनुको अर्थ एकीकृत समाजवादी प्रष्ट पहिचानको पक्षमा रहेको दाबी गरेका छन् ।