२०८१ श्रावण ३

प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ
  • लुम्बिनी खोज
  • २०८१ असार १९, बुधबार १०:५६ गते

काठमाडौँ,१९ असार ।

प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गरेका हुन् ।

त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो ।