२०८१ भाद्र २३

कांग्रेस प्रदेश समितिले देउवालाई पठायो ध्यानाकर्षण पत्र
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ९, बुधबार १४:५७ गते

लुम्बिनी प्रदेश सरकारमा मन्त्रीमा कांग्रेसबाट पठाएकाहरुको नाममा असन्तुष्टी जाहेर गर्दै कांग्रेस लुम्बिनी प्रदेश समितिले पार्टी सभापति शेरवहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएको छ । सभापति अमरसिंह पुनले पठाएको पत्रमा प्रदेश समितिलाई पूर्णतया वेवास्ता गरिएकोमा गंभिर ध्यानाकर्षण भएको जनाइएको छ ।
यस किसिमको निरकुंश कार्यशैलिले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठहर गरेको भन्दै निर्णय पुर्नविचार गर्न नेतृत्वलाई आग्रह गरिएको छ । पुर्नविचार नगरिए बैधानिक व्रकृया विरुद्ध गरिएको यस कार्यबाट असन्तुष्ट जिल्लाका साथीहरुसग बृहत छलफल गरी यथोचित निर्णयमा पुग्न बाध्य हुने जनाइएको छ ।
सभापति पुनले प्रदेश समिति सग समन्वय नगरी यस किसिमले काम गर्नु निरकुंश शैली भएको भन्दै यो संघियताको मर्म विपरितको कार्य भएको टिप्पणी गरे ।