२०८१ आश्विन १

सुन तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २, आईतवार १०:४३ गते

बुटवल, २ भदौ ।

नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य हालसम्मकै उच्च अर्थात् तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको हो ।

 अघिल्लो कारोबार अर्थात् शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो । यसअघि सुनको रेकर्ड मूल्य साउन २९ मा तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो । जुन रेकर्ड मूल्यलाई पनि तोड्दै आइतबार सुनको मूल्य १ लाख ५३ हजार रुपैयाँ नजिक पुगेको हो । 

यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ।  शुक्रबार तोलामा १ हजार ७६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर आइतबार तोलामा १ हजार ८१० रुपैयाँ पुगेको हो।