२०८१ आश्विन ४

नवीनमा असल अभ्यास साझेदारी कार्यक्रम,शिक्षा नीतिमा सुधार गर्नपर्नेमा केसीको जोड
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २, आईतवार १६:०३ गते

बुटवल २ भदौ ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा विद्यालयका असल अभ्यास (GEP) साझेदारी कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले देशको शिक्षा नीतिमा तत्काल सुधार गर्नपर्ने बताए । उनले शिक्षा नीति राष्ट्रघाती रहेको उल्लेख गर्दै यहाको जनशक्ति बाहिरिने प्रवृतिको अन्त्य गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । शैक्षिक माफियाहरुले देशमा केही हुदैन् भन्ने हल्ला फिजाएको भन्दै उनले अन्य देशकालाई यहा आर्कषित गर्नुपर्नेमा उल्टो भएको बताए । आजका विद्यार्थी भोलिका कर्णाधार भएकोले विदेश पलायन नभई पठनपाठन र सामाजिक क्षेत्रमा सक्रिय रूपमा लाग्न विद्यार्थीहरूलाई आग्रह गरे राजमोका अध्यक्ष समेत रहेका केसीले प्रकृतिले सुन्दर देश नेपाल भएको, देशमा धेरै सम्भावना भएकोले देशलाई माया गर्न विद्यार्थीहरूलाई सुझाव दिँदै विद्यालयको भौतिक पूर्वाधार शिक्षक तथा कर्मचारीका समस्याका बारेमा संसदमा र मन्त्रालयमा जोडदार आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयले विद्यालयको समग्र सुधारको लागि अपनाइएका असल शैक्षिक अभ्यास, भौतिक ,व्यवस्थापकीय, आर्थिक ,शैक्षिक ,खेलकुद, अतिरिक्त क्रियाकलाप समुदायसँगको सम्बन्ध लगायतका विषयहरू प्रस्तुत गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा विज्ञान समूह कक्षा १२ कि छात्रा कविता सोमैको सञ्चालनमा कार्यक्रम भएको थियो । विद्यालयमा हाल विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समूह अध्यापन हुने गर्छ शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत अनुसन्धान तथा गुणस्तर सुधार शाखाबाट असल अभ्यास संकलन, प्रकाशन र प्रविधिकरणमा विद्यालय छनोट भएको छ ।