२०८१ आश्विन १

सुनको मूल्यमा कीर्तिमान,तोलाको एक लाख ५३ हजार तीन सय
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २१, शुक्रबार ०८:२१ गते

बुटवल २१ भदौ ।
आज शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। आज तोलाको एक लाख ५३ हजार तीन सय रुपैया तोकिएको छ । हिन्दु नारीहरूको महत्त्वपूर्ण पर्व हरितालिका तिजको रमझम चलिरहेको वेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला रु. एक हजार तीन सयले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु. एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि रु. एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ।
चाँदीको मूल्य तोलामा रु. ३० ले वृद्धि भएको छ। बिहीबार तोलामा रु. एक हजार सात सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु. एक हजार सात सय ९५ निर्धारण भएको छ।