२०८१ कार्तिक २

मुख्यमन्त्री आचार्यद्वारा अर्घाखाँचीका शक्ति पिठको दर्शन
  • लुम्बिनी खोज
  • २०८१ आश्विन २९, मंगलवार ०७:०२ गते

अर्घाखाँची २९ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्ति पिठहरुको दर्शन गरेका छन् । सो क्रममा उनले ऐतिहाँसिक तथा पुरातात्त्विक महत्त्व बोकेका धार्मिक स्थलहरुलाई पर्यटकीय गन्तव्य स्थल बनाउनेगरी काम अघि बढेको जानकारी दिएका छन् । मुख्यमन्त्री आचार्यले मालारानी गाउँपालिका ८ मा रहेको रागामारे मन्दिर र वडा नम्बर ३ मा रहेको मालारानी मन्दिरको दर्शन गरे। लुम्बिनी प्रदेश सरकारले पुरातात्त्विक महत्त्व बोकेका मठ, मन्दिर तथा सम्पदाको संरक्षण, सम्बर्द्धन र विकासका लागि प्राथमिकतामा राखेको, लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरुलाइ जोड्नेगरि योजना बनाएको छ । सबै धर्म, संस्कृति, परम्परा, सम्पदाहरुलाइ प्रदेश सरकारले समान महत्त्व दिन्छ । पुरातात्त्विक सम्पदाको संरक्षणका लागि सरकारले योजना बनाउछ, उनले भने,समुदायको साथ, सयोग र सहकार्यबाट संरक्षण, सम्बर्द्धनका कामहरु हुन्छन । प्रदेश सरकारले विश्व पर्यटन दिवसको सन्दर्भ पारेर घुमौं लुम्बिनीको लागि आह्वान गरेको थियो । गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुका पुर्‍याउने योजना अघि सारिएको हो । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको संकल्प पूरा गर्ने आधार कृषि, पर्यटन र उद्योगलाई मानिएको छ । पर्यटन मैत्री वातावर्ण निर्माणको जिम्मा सरकारले लिने मुख्यमन्त्री आचार्यको भनाइ छ ।