२०८१ कार्तिक ६

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो सिरिज
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक ४, आईतवार ०७:५४ गते

बुटवल ४ कात्तिक ।
घरेलु टोली अमेरिकालाई लगातार दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा हराउँदै नेपालले शृंखला जितेको छ । अब, अन्तिम खेल सोमबार हुनेछ । एक खेल बाँकी रहँदा शृंखलामा नेपाल २–० ले अघि रह्यो ।
आइतबार बिहान अमेरिकाको डालासमा नेपालले घरेलु टोलीलाई सुपर ओभरमा पराजित गरेको हो । निर्धारित २० ओभरको खेलमा दुवै टोलीले समान १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा नेपालले तीन रनको लक्ष्य पायो ।
सोमपाल कामीले लगातार दुई विकेट लिएपछि नेपाल सहज अवस्थामा पुगेको थियो । क्रिजमा पुगेका कप्तान रोहितकुमार पौडेलले दुई तथा कुशल भुर्तेलले एक रन जोड्दै नेपालको जित तय गरेका हुन् ।