२०८१ मंसिर १९

बुटवल हस्पिटल प्रा.लि.मा ९५ बर्षिय न्यौपानेको शल्यक्रिया
  • लुम्बिनी खोज
  • २०८१ मंसिर १८, मंगलवार ०९:१० गते

उमेर गौढ बन्यो रुक्मागतको हिम्मत अगाडि
बुटवल १८ मंसिर ।
आजभोली बिरामीहरुका लागि शल्यक्रिया (अप्रेशन) गर्ने कुरा समान्य जस्तै बन्दै गएको छ । तर शल्यक्रिया गर्नका लागि अन्य धेरै कुराहरु मिलेको हुनुपर्छ । त्यति हुर्दा हुदै पनि उमेर अवस्था पनि एउटा महत्वपुर्ण पाटो हो । तर ९५ वर्ष पुरा भैसकेका एक जना जेष्ठ नागरिकको हिम्मतले चिकित्सकहरुलाई पनि जिल खुवाएको छ ।
स्वास्थ्य अवस्था समान्य नै भएपनि हर्नियाको समस्याबाट ग्रसित गुल्मी अर्वेनीका रुक्मागत न्यौपानेले बुटवल हस्पिटल प्रा.लि.मा शल्यक्रिया गरेका छन् । उमेर अवस्थाले गर्दा घर परिवारदेखि स्वयंम चिकित्सकहरुले पनि निर्णय लिन नसकिरहेको अवस्थामा बिरामी न्यौपानको हिम्मतको अगाडि उमेर गौढ बनेको छ ।
बुटवल हस्पिटल प्रा.लि.मा मा न्यौपानको दायां भागमा रहेको हर्नियाको केहिदिन अघि शल्यक्रिया भयो । आजभन्दा ५ वर्ष अघि पनि उनले बुटवल हस्पिटलमै बायां भागको हर्नियाको शल्यक्रिया गरेका थिए । बुटवल हस्पिटल प्रा.लि.का बरिष्ठ सर्जन डा. कृष्ण खनाल र डा. बृखराज जोशीको टिमले न्यौपानेको सफल शल्यक्रिया गरेको हो ।

शल्यक्रियामा एनेसथेसिया विभागका डा. प्रलाद अधिकारी सहितको टिमले साथ दिएको थियो । ‘उमेर अवस्थाले उहांको शल्यक्रिया गर्ने कि नगर्ने निर्णय लिन निकै धौ धौ परेको थियो तर बिरामीको हिम्मतले हामी सबैलाई गलायो, हामीले बुटवल हस्पिटलमै दुवै हर्नियाको शल्यक्रिया गरेका छौं । उहां पुर्णरुपमा स्वस्थ्य भएर घर फर्किनु भएको छ’– शल्यक्रियामा सहभागि डा खनालले भने।
अस्पतालबाट विदा भएर घर फर्किदा ९५ बर्षिय बुवा रुक्मागदले आफुलाई निकै आराम मिलेको महसुस गर्दै अस्पताल र स्वास्थ्यकर्मीहरुको टोलीलाई भेटेर आर्शिवाद दिदै घर गएको बुटवल हस्पिटलले जानकारी दिएको छ ।
कतिपय अस्पतालमा उमेर वढि भयो भनेर शल्यक्रिया नगरेको गुनासो परिवारका सदस्यहरुले गरेका थिए । शल्यक्रियापछि बुबाको शरिरलाई थप आराम मिलेको र सजिलै सस्तो मुल्यमा उपचार गर्न पाउदा निकै खुशी लागेको न्यौपानेका छोरा निरञ्जन न्यौपानेले बताए ।
यता बुटवल हस्पिटलले स्वास्थ्य सेवा थप गुणस्तरीय बनाउदै लगेको दावी गरेको छ । जटिल तथा निकै महत्वपुर्ण खालका शल्यक्रियाहरु पनि शुरु गरेको हस्पिटलले जनाएको छ । उपकरण र चिकित्सकहरुको संयोजनमार्फत हस्पिटलले सबै खालका शल्यक्रियाहरु गर्न थालेको अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए ।