२०८१ पुष ८
बुटवल २० मंसिर ।
साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक १५.९३ अंक घटेको छ । आज नेप्से परिसूचक २७३४.९३ बिन्दुमा ओर्लिएको छ ।
आज कारोबार भएकामध्ये ४० कम्पनीको मूल्य बढेको छ । २०१ कम्पनीको मूल्य घटेको छ भने तीन कम्पनीको स्थिर रह्यो । बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज खानीखोला हाइड्रोपावर र सुपरमादी हाइड्रो पावरको सेयर मूल्य ९ दशमलव ९ प्रतिशतले उकालो लागेको छ ।