२०८१ मंसिर ३०

सुन तोलाको १ लाख ५४ हजार २ सय रुपैयाँ
  • लुम्बिनी खोज
  • २०८१ मंसिर २६, बुधबार ०६:०४ गते

बुटवल २६ मंसिर ।
सुनको भाउ केही दिन यता लगातार बढेको छ । पछिल्लो तीन दिन यता सुनको भाउ उकालो लाग्ने क्रममा आज बुधबार सुन तोलामा २ हजार रुपैयाँले महंगिएको छ ।
नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेपछि १ लाख ५४ हजार २ सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तोलाको १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएकोमा आज १ लाख ५४ हजार २ सय कायम भएको हो ।
बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मङ्गलवार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधबार पनि सोही मूल्य तय भएको हो ।