२०८१ माघ ९
बुटवल ५ पुस ।
अखिल नेपाल बुद्धिजिवि संघ जिल्ला संगठन रुपन्देहिको आयोजनामा संघीयता र लोकप्रियतावाद नेपालकालागि घातक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले नेपालको सन्दर्भमा संघीयता आवश्यक नरहेको बताए । उनले संघीयताले अनावश्यक खर्च बढाएकाले देशले संघीयता धान्न नसक्ने बताए । अधिकांश नेपाली जनताको माग प्रदेश खारेजीको रहेको भन्दै राष्ट्रिय जनमोर्चाले संघीयता खारेजिको लागि आउंदो चैत्र २४ गते देखि ३० गते सम्म काठमाडौं केन्द्रित आन्दोलन गर्ने समेत उनले बताए । लोकप्रियतावाद बेला बेलामा खतरानक रूपमा आउने गरेको समेत उनले बताए । प्रदेशको आम्दानि भन्दा खर्च निकै धेरै भएकाले संघीयता देशकोलागि सबै भन्दा घातक रहेको उनको भनाइ छ । ऋण काढेर देशले संघीयता धान्न नसक्ने तर्क उनको छ ।
कार्यक्रममा मार्क्सवादी बिचार मंचका महासचिव बिन बहादुर कुंवर, प्राध्यापक डाक्टर हिरण्यलाल ज्ञवालि, नेकपा बिप्लब समुहका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सी, माओबादी केन्द्रका प्रतिनिधि डाक्टर कृष्ण खनाल, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता प्रेम सुबेदी, अखिल नेपाल बुद्धिजिवि संघका केन्द्रिय सदस्य तथा रुपन्देहि जिल्लाका अध्यक्ष लिला केसी, लेखक रामचन्द्र श्रेष्ठ, प्राध्यापक ईश्वरी प्रसाद बस्याललगायतले संघीयताका बारेमा चर्चा गरेका थिए ।