२०८१ माघ २३

लुम्बिनी प्रदेशका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी
  • लुम्बिनी खोज
  • २०८१ माघ ९, बुधबार ०८:४३ गते

दाङ ९ माघ ।
लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी बावुराम अधिकारीले सम्हालेका छन । बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका(देउखुरी)मा प्रमुख सचिव अधिकारीको स्वागत गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अणप्रसाद न्यौपाने, ईश्वरराज पौडेल लगायत कर्मचारीहरुले प्रमुख सचिव अधिकारीको स्वागत गरे ।
जिम्मेवारी सम्हाल्दै प्रमुख सचिव अधिकारीले स्थानीय निजामती सेवा नियमावलीको मस्यौदा तर्जुमा र प्रदेश निजामती सेवा नियमावली, २०८० मा आवश्यक संशोधनकालागि कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन । स्थानीय निजामती सेवा ऐन २०८१ तर्जुमा र प्रदेश निजामती सेवा ऐनमा आवश्यक संशोधन भइसकेको छ । अव दुवै ऐन कार्यान्वयनकोलागि नियमावली बनाउन थालिएको हो ।
प्रदेश सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । जसका सदस्यहरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी प्रशासन शाखाका उपसचिव, शासकीय सुधार तथा समन्वय शाखाका उपसचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव सदस्य र मुख्यमन्त्री कार्यालयका कानून उपसचिव सदस्य सचिव रहेका छन । यस अघि अधिकारी उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालय सिंहदरबारमा कार्यारत थिए ।