२०८१ फाल्गुन २८
काठमाडौं ३ फागुन ।
पोखरामा घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार जारी रहेको छ । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री र मेयरको कीर्तिपुरस्थित बर्न अस्पताल उपचार जारी छ ।
पोखरामा बेलुन विस्फोट घटनामा घाइते भएका मन्त्री पौडेल र मेयर आचार्यलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उनीहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ । कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले प्रारम्भिक मूल्यांकनअनुसार ५–६ प्रतिशत जलेको, तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना भएकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । अस्पतालका तर्फबाट जारी विज्ञप्तीका अनुसार उपप्रधानमन्त्री र मेयर सघन उपचार कक्षमा भर्ना छन् ।