२०८१ श्रावण १२

“गठबन्धनले स्थानिय तहमा जित हाँसिल गर्छ”
  • लुम्बिनी खोज
  • २०७८ चैत्र २९, मंगलवार १०:०९ गते

बुटवल । नेपाली काग्रेसका नेता डा. चन्द्र भण्डारीले स्थानीय तहको निर्वाचनमा गठबन्धनले जित हासिल गर्ने निश्चित भएको बताएका छन । मंगलबार भैरहवामा लुम्बिनी प्रेस क्लबसँगको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै चुनाबमा गठबन्धका उम्मेदबारले जित हासिल गर्ने भएकोले कार्यकर्तालाई विचलित नभई एक ढिक्का भएर चुनाब केन्द्रित हुन आग्रह गरे । उनले आर्थिक संकट कम गर्न विदेशबाट आयातित वस्तुलाई कम गर्दै नेपालमा उत्पादित वस्तु तथा पेय पदार्थको ब्राण्ड बनाएर विदेशमा विक्रि गर्नु पर्ने धारणा व्यक्त गरे । उनले नेपालको गाउँ गाउँमा उत्पादन हुने तरकारी, मकै, कोदो, सुन्तला, स्याउलाई नेपालको ब्राण्ड बनाएर विदेश पठाउन सकिने र ब्यापार घाटा कम गर्न सकिने तर्क समेत गरे । नेता भण्डारीले स्थानीय तहको विकास, कला संस्कृतिको संरक्षण स्थानिय तहले नै गर्न सक्ने भएकाले स्थानीय सरकार बलियो बनाउनुपर्ने बताए ।’ उनले भने जसका निम्ति स्थानिय तहमा सक्षम नेतृत्बको आबश्यक्ता छ ।