२०८२ पुष २६
विशेष महाधिवेशनकै दिन कांग्रेस संस्थापन पक्षको ‘काउन्टर’ भेला
बुटवल, २५पुस ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस २७ गतेका लागि पार्टीको विशेष महाधिवेशन आह्वान गरेपछि नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अझ जटिल बन्ने मोडमा पुगेको छ । चाालिस प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएकाले आसन्न महाधिवेशन विधानसम्मत र बाध्यकारी भएको दाबी महामन्त्री पक्षले गर्दै आएको छ भने नियमित महाधिवेशनको कार्यतालिका तय भइसकेको अवस्थामा विशेष महाधिवेशन औचित्यहीन र अवैधानिक भएको संस्थापन पक्षको जिकिर रहँदै आएको छ ।
विशेष महाधिवेशन माग गर्दै गत असोजमा हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरवलोकन, पछिल्लो राजनीतिक घटनाक्रमको गम्भीर समीक्षा र संरचनागत परिवर्तनका निम्ति विधान संशोधन गरी चारवटा विषयलाई मुख्य अजेन्डा बनाएका छन्।
आउँदो आइतवार हुने भनिएको विशेष महाधिवेशनमा सहभागी हुन कतिपय प्रतिनिधिहरू काठमाण्ड आउन थालेका विवरणहरू सार्वजनिक हुन थालेका छन ।
विशेष महाधिवेशनकै दिन कांग्रेस संस्थापन पक्षको ‘काउन्टर’ भेला
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा २७ र २८ पुसका लागि आयोजना गरिएको विशेष महाधिवेशन रोक्न कांग्रेस संस्थापन पक्षले ‘काउन्टर’ भेला डाकेको छ ।
विशेष महाधिवेशनलाई विधानविपरीत भन्दै केन्द्रदेखि तल्लो तहका नेता–कार्यकर्ता र महाधिवेशन प्रतिनिधिसम्मलाई आन्तरिक सर्कुलर गरिरहेको संस्थापनले २७ र २८ पुसमै क्रमशः युवा र जिल्ला सभापतिहरूको भेला काठमाडौंमै आह्वान गरेको हो । तरुण दलको आयोजनामा २७ पुसमा युवा भेला र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा २८ पुसमा जिल्ला सभापतिहरूको भेला बोलाएको छ । विशेष महाधिवेशन पक्षधरले यसलाई मुठभेडलक्षित भन्दै आपत्ति जनाएको छ । तर, संस्थापनले युवा र सभापतिहरूको भेला पार्टी नेतृत्वको आह्वानमा नभई स्वस्फूर्त हुन लागेको दाबी गरेको छ । संस्थापन पक्षका नेता एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जिल्ला सभापतिहरूले स्वस्फूर्त रूपमा आफैँले भेटघाटको कार्यक्रम आयोजना गरेको जानकारी पाएको बताए ।