२०८२ माघ २४
बुटवल २४ माघ ।
गैरे प्रतिष्ठान बुटवलको आयोजनामा शनिबार रुपन्देहीमा रोयल इन्फिल्ड बाइक राइड सम्पन्न चएको छ।
बुटवल–११ कालिकानगरस्थित रोयल इन्फिल्डको शोरुमबाट सरु भएको र्याली राजमार्ग चौराह, पुस्पलालपार्क, नेपालगञ्ज रोड, गोलपार्क, ट्राफिकचोक हुँदै भैरहवा बुद्धचोकसम्म पुगेर पुनः भलवारी आएर विशेष कार्यक्रमका बीच समापन गरिएको छ । गैरे प्रतिष्ठान बुटवलका एमडी प्रवेशराज गैरेका अनुसार राइडमा करिब २०० जनाको सहभागीता रहेको थियो । उनका अनुसार उक्त राइडमा राइडरहरूको क्लब ह्विल्स अफ लुम्बिनी, बुटवल इन्फिल्डर्स, लुम्बिनी इन्फिल्डर्स, यलो रन्च बुटवल र ब्रदरहुड सैनामैनालगायतका क्लबहरूको सहभागिता रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरे, रोयल इन्फिल्डका नेपालका लागि ब्राण्ड एम्बास्डर सन्दिप क्षेत्री, अल्फा अटोमोटिभ प्रालिका मेघराज पौडेल, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दिपेश बस्याललगायतले संयुक्त रुपमा फ्लेग राइज गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।
रोयल इन्फिल्ड बुटवलको आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रालि रहेको छ । गैरे प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरे, प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरे, प्रतिष्ठानका कार्यकारी प्रमुख लक्ष्मी गैरे, म्यानेजिङ डाइरेक्टर प्रिया गैरेसहित प्रतिष्ठानका पारिवारिक सदस्यहरु ट्राफिक प्रहरीका अधिकृतहरु रोयल इन्फिल्डका प्रतिनिधिहरुसहित रोयल इन्फिल्डका राइडरहरुलगायतको सहभागितामा कार्यक्रम भब्य रुपमा शुभारम्भ गरी सम्पन्न गरिएको गैरे प्रतिष्ठानका लेखाप्रमुख कमल घिमिरेले जानकारी दिए ।
राइडमा जानु अघि सहभागीहरुलाई ट्राफिक नियम पालना लगायतका विषयमा परामर्श समेत दिइएको बुटवल सो रुम म्यानेजर नारायणप्रसाद खनालले बताए ।
कार्यक्रमको उद्घाटन कार्यक्रममा नेपालमा रोयल इन्फिल्ड बाइका लागि आधिकारिक आयातकर्ता अल्फा अटोमोटिभ प्रालिका मेघराज पौडेलले सामाजिक सचेतना तथा सम्बन्ध बिस्तारका लागि कार्यक्रम सहयोगी बन्ने विश्वास व्यक्त गरे । रोयल इन्फिल्डले देशका विभिन्न शहरहरुमा हरेक महिला छोटो तथा लामो दूरीका यात्रा अभियान सञ्चालन गरिरहने बताउँदै उनले यसको माध्यमबाट पर्यटनको बिकास, राइडरहरु बीच व्यवसायिक तथा सामाजिक परिचय र सम्बन्ध बिकासमा टेवा पुग्ने गरेको उल्लेख गरे ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले कार्यक्रमले दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना सम्वन्धी राम्रो सन्देश दिने विश्वासका साथ कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी वरिष्ठ नायव निरिक्षक ज्ञानु पाण्डेले ट्राफिक सचेतना सम्वन्धमा प्रकाश पारेका थिए ।


