२०८२ फाल्गुन २३
रुपन्देही २३ फागुन ।
रुपन्देही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डाक्टर लेखजंग थापा अत्याधिक मतसहित निर्वाचित भएका छन्।निर्वाचन आयोगले घोषणा गरे अनुसार रुपन्देही ३ मा रास्वपाका उम्मेदवार डाक्टर थापा निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुशील गुरुङलाई भारी मतले पराजित गर्दै निर्वाचित भएका हुन्।
डाक्टर थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दा कांग्रेसका गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन्। त्यस्तै एमालेका वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका छन् । यहा राप्रपाका गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गरेका छन् ।