२०८२ चैत्र ७

एमालेमा सुधार गर्नुपर्नेमा एमाले नेता सुरेन्द्र पाण्डेको जोड
  • लुम्बिनी खोज
  • २०८२ चैत्र ७, शनिबार १५:२९ गते

बुटवल ७ चैत ।
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी भित्रका कमजोरी सुधार गरेमा मात्रै सही बाटोमा अगाडी बढ्न सकिने बताएका छन् । शनिवार बुटवलमा आयोजित कार्यक्रममा उनले विगतमा केपी ओलिले संसद विघटनका खेल खेलेसगै पार्टीको ओरालो यात्रा शुरु भएको विश्लेषण गरे । अब गल्तिलाई आत्मसाथ गरेर सुधार गर्नै पर्ने आवश्यकता उनले औल्याए । पार्टी भित्रको आन्तरिक मतभेदहरु ठीक ढंगले पहिचान गरी समाधान नगर्दा पार्टी कमजोर हुदै गएको पनि उनले विश्लेषण गरे ।
बुद्धिमानलाई इशारा काफि छ, करेक्सन गर्नुस, ठीक छ, करेक्सन नगरे सिद्धिनुहोस्, भन्दै नेता पाण्डेले भने । दुइ तिहाइ (राष्ट्रिय स्वतन्त्र पार्टी)ले संविधान देखि विभिन्न विषय परिवर्तन गर्छु भनिरहेको उल्लेख गर्दै उनले परिवर्तन गरे बाच्न सकिने नगरे मृत्यु अनिवार्य भएको बताए । उनीहरु पनि मर्छन र हाम्रो पनि पालो आउछ भन्ने तर्फ लाग्न नहुनमा पाण्डेले जोड दिए । हामी आफ्नो गल्तीलाई आत्मसाथ गरेर करेक्सन गरौं, एमाले नेता पाण्डेले भने,े संकल्प गरौं, नया बाटो खोजौ हिजो हिडेको तरिकाले भएन् हिजोका कमजोरीहरु हटाऔं ।
विगतमा केपी ओलिबाट भएका गल्तीहरु औल्याउने क्रममा एमाले नेता पाण्डेले संसद विघटनबाटका तथ्यहरु उल्लेख गरे । जनताको शक्ति भनेको कुन हो ? पार्लियामेन्ट हो, पार्लियामेन्टलाई विघटन गरेर जनताको शक्तिचाहिँ मजबुत हुन्छ कि हुँदैन ? त्यसबाट नै हाम्रो ओरालो यात्रा सुरु भयो । अर्को तर्फ पार्टीभित्रका आन्तरिक मतभेदहरूलाई ठीक ढंगले पहिल्याउने र समाधान गर्न नसक्दाको परिणाम पनि पार्टी कमजोर हुदै जानु हो, उनले भने ।
पार्टी अध्यक्ष एक पटक मात्र हुन पाउने व्यवस्था संविधानमै भएको भएपनि एमाले अहिलेको अवस्थामा नआउने उल्लेख गर्दै पाण्डेले भने, संविधानमा यदि एकपटकभन्दा बढी अध्यक्ष बन्न नपाउने प्रावधान राखिदिएको भए त्यो हालत आउँदैनथ्यो, पार्टी फुल्दैनथ्यो ।
उनले पार्टीमा टिमले काम नगर्दा र अधिकारको विकेन्द्रीकरण नगर्दा समस्याहरु बढ्दै गएको तथ्य पनि औल्याए । प्रदेश तथा स्थानिय कमिटीहरुलाई पनि अधिकार दिएर टिमले काम गरेको भए यो स्थीतिमा पार्टी नपुग्ने धारणा उनले राखे । उनले गल्तीलाई आत्मसाथ गरेर सुधार गरेमा पार्टीलाई फेरि नयाँ ढंगले उठाउन सक्ने बताए ।