२०८३ जेष्ठ १

अवैध माटो उत्खनन तथा ओसारपसारमा संलग्न पाँच सवारीसाधन नियन्त्रणमा
  • लुम्बिनी खोज
  • २०८३ जेष्ठ १, शुक्रबार १३:४७ गते

बुटवल १ जेठ ।
अवैध माटो उत्खनन तथा ओसारपसारमा संलग्न पाँचवटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय लुम्बिनी र प्रहरी चौकी सुक्रौलीआमा रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले अवैध माटो उत्खनन तथा ओसारपसारमा संलग्न पाँचवटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
लुम्बिनी सा‌ंस्कृतिक नगरपालिका– १२, अमवामा अवैध रूपमा माटो उत्खनन तथा ओसारप्रसार गरिरहेको अवस्थामा शुक्रबार ती सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका अनुसार लु।४त ९२९९ नम्बरको ट्याक्टर लोडर, लु।४त ८९६३, लु।२त ९१४३, लु।४त ६०४१ र एउटा नम्बर नखुलेको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।