२०८३ असार ४

बेवारिसे अवस्थामा रहेका दुई कार प्रहरी नियन्त्रणमा
  • लुम्बिनी खोज
  • २०८३ असार ४, बिहीबार १४:४२ गते

बुटवल ४ असार ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका– ६, सहिदपथबाट प्रहरीले दुईवटा कार नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतसमेतबाट सञ्चालन गरिएको सर्च एन्ड स्वीिप अपरेसनमा बेवारिसे अवस्थामा रहेका कार नियन्त्रणमा लिइएको हो।

जिप्रकाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार भारतीय नम्बर प्लेटका ती सवारीसाधनहरूको अन्दाजी मूल्य २७ लाख रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएका कारलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही बुझाइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका कारमा युपी ५३ बिडी ००२९ नम्बरको हुन्डाई कम्पनीको कार र युपी ५३ डिएफ ६९८० नम्बरको महिन्द्रा कम्पनीको कार रहेका छन्।