२०८३ असार १९
काठमाण्डौ १९ असार ।
आज शुक्रबार संवैधानिक परिषद्को बैठक बसेको छ । बैठकले निर्वाचन आयोगका प्रमुख आयुक्त र दुई आयुक्त नियुक्तिको सिफारिस गरेको छ ।
प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले मोरङका मानबहादुर कार्कीलाई प्रमुख आयुक्त तथा काठमाडौंका डाक्टर राजीव सुब्बा र ओखलढुंगाका गुरु वाग्लेलाई आयुक्तमा सिफारिस गरेको हो।