२०८१ पुष १२

नवीन स्कुलमा सामुदायिक स्वास्थ्य कार्यक्रमको तथ्यांक सार्वजनिक
  • लुम्बिनी खोज
  • २०७९ भाद्र २९, बुधबार १६:५६ गते
बुटवल ।
    नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा मायादेवी टेक्निकल कलेजमा वी एनमा अध्ययनरत विद्यार्थीहरुले सामुदायिक स्वास्थ्य कार्यक्रमको तथ्यांक मंगलवार सार्वजनिक गरेका छन । पुर्वापुर्चवान्ल विश्व विद्यालय मातहतमा ढवाहा बुटवल १२ मा संचालित मायादेवी टेक्निकल कलेज वी एन अन्तिम वर्षका विद्यालयहरुले १ महिना नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. स्कुल हेल्थ एक्सनमा परिचालन भइ सामुदायिक अभ्यासको प्रस्तुतीकरण गरेका हुन। जसमा कक्षा १,५,६,७,८,९ र १० का १०९५ जना विद्यार्थीहरुको उचाई,तौल वीएम आई, आँखा,कान,दात र महिनावारी समस्याको बारेमा अध्ययन गर्दा विद्यार्थीहरुमा १६ प्रतिशतमा दाँतको समस्या, १२ प्रतिशतमा आँखाको समस्या, ९ प्रतिशतमा महिनावारीको समस्या,१२ प्रतिशतमा स्वास्थ्य  कानमा समस्या र शुन्य दशमलव ४७ प्रतिशतमा आँखाको समस्या भएको पाइएको छ । स्कुल हेल्थ एक्सन कार्यक्रम अन्तरगत ३९ जना वीएनका विद्यार्थीहरुले १ महिनाको समय लगाएर २७ प्रतिशत विद्यार्थीको शुक्ष्म अध्ययन गरेका थिए ।
उक्त अवशरमा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्याल,बुटवल बहुमुखी क्याम्पस कानुन संकायका सहायक क्याम्पस प्रमुख उपप्राध्यापक जीव नारायण अधिकारी, बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, रम्भादेवी टेक्निकल कलेजकी क्याम्पस प्रमुख शरिता रावल रिमाल, कार्यक्रम कोर्डिनेटर नुरी रेग्मी लगायतले मन्तब्य व्यक्त गरेका थिए। कार्यक्रममा नवीन औद्योगिक कदर बहदुर रीता मा.वि. की स्टाफ नर्स दीपा कसरीले समन्वय गरेका थिए। प्रत्येक विद्याबाट प्रतिमा न्यौपाने,ममता गौतम, सुमन पाण्डे, संगीता क्षेत्री र माया भुसालले प्रस्तुतीकरणमा सहजिकरण गरेका थिए।