२०८१ पुष ११
बुटवल ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपेरिटेण्डेन डा. इन्द्र ढकाल प्रवल जनसेवा श्री पदक वाट सम्मानित हुने भएका छन । संविधान दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा उनको नाम घोषणा भएको हो । राष्ट्रपती विद्यादेवी भण्डारीद्धारा सम्मान गरिने बताईएको छ ।
सेवाका हिसाबले नेपालमै प्रथम हुन सफल अस्पतालको नेतृत्व गर्नु भएका डा ढकालले २० वर्ष स्वास्थ्य सेवामा आफ्नो समय व्यतित गरेका छन ।
व्यवस्थापकिय हिसाबले समेत सफल रहेका डा. इन्द्र ढकाल यो सम्मानले थप जिम्मेबार र पेशाप्रति उत्तरदायी बनाएको बताएका छन । संविधान दिवसमा अवसरमा सरकारले विभिन्न समाजमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषणा गरेको छ ।