२०८१ पुष १२
विराटनगर, २१ मंसिर ।
संसदीय पत्रकारहरुको भेला विराटनगरमा सम्पन्न भएको छ । भेलका अवसरमा संसदीय पत्रकार अन्तर प्रदेश सञ्जालको बैठक समेत गरिएको छ । कार्यक्रममा प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सभा तथा पत्रकारहरुले खेलेको भुमिका समिक्षा गर्दै आगामी कार्यकालमा अझ बढी प्रभावकारी भुमिका निर्वाह गर्न सघाउ पु¥याउने गरी सात वुद्धे घोषणा पत्र समेत जारी गरिएको छ । सातवटै प्रदेशका संसदीय पत्रकारहरुको सहभागिता रहेको भेलामा संघमा रहेको संसदीय मामिला पत्रकार समाजको पनि प्रतिनिधित्व रहेको थियो ।
१८ देखी प्रदेश १ को राजधानी विराटनगरमा भएको अनुभव अदानप्रदान तथा सञ्जालको बैठकमा सहभागीहरुले पाँचबर्ष सम्म आ–आफनो प्रदेशमा भएका काम राम्रा तथा कमजोर पक्षकाबारे समिक्षा गरेका थिए । सहभागी पत्रकाहरुले गत पाँच बर्षमा नयाँ अनुभवसगै सक्रृय रिर्पोटिङ गरेको बताएका थिए । संसदको गरिमा उचो राख्दै मर्यादित पत्रकारिता मार्फत संघियता कार्यानवयनमा सहयोग पु¥याएको धारणा उनीहरुले राखेका थिए । यस अवधीमा धेरै अनियमितता र भ्रष्टचारका समाचारहरु लेखेर सरकारलाई दबाब सृजना गर्न सफल भएको अनुभव उनीहरुले सुनाएका थिए । आगामी दिनहरुमा संसदिय पत्रकारिता गर्ने पत्रकाहरुले कानुनी ज्ञान बढाउनुपर्ने ,स्वार्थ समुह र दलिय छत्रछाँयाबाट मुक्त्त भएर प्रश्न गर्ने बानी बढाएर लैजानुपर्नेमा उनीहरुले जोड दिएका थिए । पत्रकाहरुको क्षमता वृद्धि गर्ने खालका तालिम , गोष्ठिसहितका कार्यक्रम गर्न योजना बनाउनुपर्नेमा पनि जोड दिएका थिए ।
कार्यक्रममा संसदीय पत्रकारका बाग्मती प्रदेशका अध्यक्ष राममणी दाहाल , प्रदेश १ का अध्यक्ष गणेश लम्साल, सुदुर पश्चिमका अध्यक्ष प्रकाशविक्रम शाह, गण्डकी प्रदेश संसदीय पत्रकार मञ्चका कार्यबाहक अध्यक्ष अमृत सुबेदी , संसदीय मामिला पत्रकार समाज लुम्विनीका कोषाध्यक्ष लक्ष्मण पोखरेल, मधेश प्रदेशका विरेन्द्र रमण, कर्णलाी प्रदेशका पुर्णबहादुर खडकालगायतले आ आफ्ना प्रदेशको अवस्थाका वारेमा समिक्षात्मक प्रस्तुती राखेका थिए । आ–आफनो प्रदेशमा ससदीय मामिलामा रिर्पोटिङ गर्दा सिकाईको अनुभव र भोग्नुपरेका समस्या र देखापरका चुनौतीबारे समिक्षात्मक रुपमा उनीहरुले जानकारी गराएका थिए । पत्रकाहरुले प्रस्तुत गरेको अनुभवलाई संसदीय पत्रकार मञ्च प्रदेश १का सल्लाहकार विवेक गौतमले संक्षेपिकरण गर्दै निष्कर्ष राखेका थिए ।
युएनडीपी संसदीय सहयोग परियोजनाको सहयोगमा विराटनगरमा भएको उक्त्त पाँच बर्षे अनुभव आदान प्रदान भेलापछि २० र २१ मंसिरमा सातवटै प्रदेशका संसदीय पत्रकाहरुले निर्माण गरेको संसदीय पत्रकार अन्तर प्रदेश सञ्जालको बैठक बसेको थियो । बैठकले संसदिय पत्रकारिताको संस्थागत समस्याबारे व्यपाक छलफल गर्दै सातबुँदे घोषणा पत्र जारी गरेको थियो ।
पत्रकारका नेता र प्रदेश सभाका सचिवको शुभकामना
भेलाको उदघाटन प्रदेश १ सभाका सचिव गोपालप्रसाद पराजुलीले गरेका थिए । भेलामा पत्रकार महासंघ प्रदेश १ समिति अध्यक्ष तथा संसदीय पत्रकार मञ्च प्रदेश १ का सल्लाहकार लिलाबल्लभ घिमिरे , महासंघ प्रदेशका पुर्व अध्यक्ष तथा मञ्चका सल्लाहकार बिक्रम लुँईटेल , युएनडीपी संसद सहयोग परियोजनाका टिम लिडर दिलदत्त पन्त, संसदीय मामिला पत्रकार समाज काठमाण्डौका महासचिव विष्णु खडका , पत्रकार महासंघ मोरङ अध्यक्ष संजिव खनाललगायतले सफलताको शुभकामना दिदै संसदीय पत्रकारिता बलियो भएमात्र संसद पारदर्शी र आमनागरिकको पहुँचमा हुनसक्नेमा जोड दिएका थिए ।
प्रदेश १ को संसद सचिवालयसँग अन्तक्र्रिया
सहभागी पत्रकाहरुले प्रदेश १ सभा सचिवालयको अवलोकन भ्रमण समेत गरेका थिए । सो अवसरमा सचिव गोपाल प्रसाद पराजुली र कर्मचारीहरु र संसदीय पत्रकाहरुका वीच खुलापनको अवस्था र सूचनाको अधिकारको कार्यान्वयनबारे अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा वोल्दै सचिव पराजुलीले संसदको पहिलो कार्यकालमा खेलेको भुमिका बारेमा जानाकारी गराएका थिए । त्यस्तै संसदीय पत्रकार मञ्च प्रदेश १ का अध्यक्ष गणेश लम्सालले पत्रकारहरुले खेलेका भुमिका तथा स.सदसगको सम्वन्धका बारेमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा सञ्जालका अध्यक्ष समेत रहेका संसदीय मामिला पत्रकार समाजका लुम्विनीका अध्यक्ष विष्णु घिमिरेले संसदको गरिमा उचो राख्न मद्दत मिल्ने गरी मर्यादित पत्रकारिता तर्फ संसदीय पत्रकारहरुले भुमिका खेल्दै आएको बताएका थिए ।
कार्यक्रममा संसदिय मामिला पत्रकार समाजका महासचिव बिष्णु खडकाले सुचना सहज उपलब्ध हुदा सही सुचना प्रवाह हुने धारणा राख्दै पत्रकार र संसदवीचको सम्वन्धका बारेमा चर्चा गरेका थिए ।
यस्तो छ सात बुँदे घोषणा पत्र
मिति २०७९ मंसिर १९–२१ गते प्रदेश १ को राजधानी विराटनगरमा भएको सातै प्रदेशका संसदीय पत्रकारहरुको भेलाले ७ बुँदे घोषणापत्र जारी गरेको छ । घोषणा पत्र जारी गर्न सुदुर पश्चिम प्रदेश संसदीय पत्रकार समाजका अध्यक्ष प्रकाशविक्रम शाहको संयोजकत्वमा समिति बनाएको थियो । समितिमा अमृत सुवेदी, लक्ष्मण पोखरेल, विरेन्द्र रमण, सीता आचार्य, बाबुराम भण्डारी र तारा आचार्य रहेका थिए ।
१.मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट संघीय संसद र प्रदेशसभामा निर्वाचित सम्पूर्णलाई हार्दिक बधाईसहित संसदलाई अझ प्रभावकारी, जनमुखी बनाउदै कार्यकाल सफलताका लागि संसदीय पत्रकार अन्तर प्रदेश सञ्जाल शुभकामना व्यक्त गर्दछ ।
२. संघीय व्यवस्थालाई बलियो बनाउन प्रदेशलाई बलियो बनाउनुको विकल्प नरहेकाले पहिलो कार्यकालको निर्मम समिक्षा गर्दै नकारात्मक अभ्यासको अन्त्य गरी प्रदेशलाई प्रश्नरहित, नागरिकको नजिकको सरकारका रुपमा स्थापित गर्न जोडदार मागसहित संविधानतः प्राप्त अधिकार अनुरुप प्रदेशलाई बलियो बनाउन आवश्यक भूमिका खेल्न आग्रह गर्दछ ।
३. नयाँ प्रतिनिधिहरुको आवागमनपछि थाती रहेको प्रदेश १ को नामाकरण गर्न जोडदार माग गर्दछ । साथै सातै प्रदेशको स्थायी राजधानीमा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न सम्बद्ध पक्षसंग आग्रह गर्दछ ।
४. संसदीय मर्यादामा रहेर संसदीय विषयका समाचारको रिपोर्टिङलाई मर्यादित बनाउने र समाचारमा तथ्य र विश्वसनियताका कायम गर्न अरु बढी संवेदनशील बन्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
५. संसदीय पत्रकारिताको संस्थागत विकासका लागि सातै प्रदेशमा रहेका संसदीय मामिला पत्रकार समाज र संसदीय पत्रकार मञ्चहरुलाई बैद्यानिक प्रक्रियामा रही काम गर्न आग्रह गर्दै एक प्रदेशमा एक पत्रकार समूह बनाई पत्रकारहरुबाट एकता र मेलमिलापको सन्देश प्रवाह गर्न आग्रह गर्दछ ।
६. संसदीय पत्रकार अन्तर–प्रदेशको यो विराटनगर सम्मेलनले संसदीय क्षेत्रमा पत्रकारितालाई अन्तर प्रदेश समन्वय र सहकार्यलाई अझै प्रगाढ बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।
७. संघीय तथा प्रदेश सरकारहरुलाई स्थिर बनाउदै नागरिकका अपेक्षा, वर्तमान आर्थिक संकुचनका चुनौतिलाई निराकरण गर्दै मुलुक विकासमा दत्तचित्त भएर लाग्न सम्पूर्ण राजनीतिक दलहरुलाई आह्वान गर्दछ ।
संघ र सातै प्रदेशबाट प्रतिनिधिमुलक रुपमा सहभागी भएका ३० जना अनुभवी पत्रकारहरुको भेलालले संघीय तथा प्रदेश सरकारहरुलाई स्थिर बनाउदै नागरिकका अपेक्षा अनुरुप मुलुकको विकासमा दत्तचित्त भएर लाग्न सम्पूर्ण राजनीतिक दलहरुलाई आग्रहपनि गरेको छ ।
सञ्जाललाई बलियो बनाउन जोड
सातवटै प्रदेश र संघको संसदीय पत्रकारिताबारे पाँच बर्षको उपलब्धि ,समस्या , चुनौती र भावि कार्यायोजना बारे दुई दिन गहन समिक्षा गरिसकेपछि सञ्जालको दुई दिन बैठक पनि बसेको थियो । बैठकमा सहभागीहरुले सातवटै प्रदेशको संसदीय मामिलामा रिर्पोटिङ गरिरहेका पत्रकाहरुले निर्माण गरेको सञ्जाललाई बैधानिक बनाएर सक्रृय बनाउने निर्णय पनि गरेको छ । सहभागीहरुले संसदिय मामिलामा रिर्पोंटंङग गर्ने पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नुपर्ने तथा सस्थागत विकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए । त्यसका लागि सञ्जाललाई बैधानिक बनाउन सुदुर पश्चिम प्रदेश संसदीय पत्रकार समाजका अध्यक्ष प्रकाशविक्रम शाहको संयोजकत्वमा विधान मस्यौदा समिति पनि बनाएको छ । समितिमा बाबुराम भण्डारी, लक्ष्मण पोखरेल, रोहितराज पराजुली र सीता आचार्य रहेका छन । भेलाले राष्ट्रिय भेला गरेर सञ्जाललाई बैधानिकता दिने निर्णय पनि गरेको छ ।