२०८१ श्रावण १२

बुटवल नगर स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको संयोजकमा श्रेष्ठ
  • लुम्बिनी खोज
  • २०७९ माघ १९, बिहीबार १३:३७ गते
बुटवल १९  माघ |
बुटवल उपमहानगरपालिकाले हरि प्रसाद श्रेष्ठलाई बुटवल नगर स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको संयोजक तोकेको छ |
नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले उक्त जिम्मेवारी तोकेको हो |  निर्देशन समितिको सदस्यहरुमा बुटवल उपमहानगरपालिका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख उपसचिव मित्रमणि खनाल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर कार्की, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ, नहरपुर मा.वि. का प्रधानाध्यापक घनिश्वर गौतम, अक्सफोर्ड मा.वि. का प्राचार्य दिनेश भुसाल, सिद्वेश्वेरी लाल कुमारी मा.वि. का प्रधानाध्यापक दिनानाथ गिरी, दीप वोर्डिङ्ग स्कुलकी उप प्राचार्य ज्ञानु थापा, नरेनापुर आधारभूत मा.वि. प्र.अ. अम्बिका अर्याल लगायत लगायत रहेका छन ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन निर्देशिका २०७९ अनुसार यहि फाल्गुण ४,५ र ६ गते एन्फा टेक्निकल सेन्टर देवीनगरमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन गर्ने र उक्त प्रतियोगितालाई भब्य, सभ्य एवं व्यवस्थित रुपमा संचालन गर्न संयोजकको रुपमा पुर्व खेलाडी बुटवल उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठलाई संयोजक तोकेको छ, लुम्विनी प्रदेश खेलकुद परिषद्का सदस्य तथा कालिका मानव ज्ञान मा.वि.का खेल प्रशिक्षक हरिश वलीलाई सह संयोजक र नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतलाई सचिवको जिम्मेवारी दिइएको छ ।
उक्त रनिङ्ग शिल्ड प्रतियोगिताको लागि माघ २२ गते सम्म विद्यालयहरुमा पत्राचार गर्ने, माघ २८ गते सम्म सहभागी विद्यालयहरुले सहभागी खेलाडीहरुको नामदर्ता गर्ने र दर्ता गर्ने स्थान बुटवल उपमहानगरपालिका वडा नं. ५ को कार्यालय (रुपन्देही जिल्ला खेलकुद विकास समिति नजिक ) विहान १० बजे देखि ५ बजे सम्म तोकिएको छ ।
खेल विद्या संचालन गर्नको लागि भलिवल, कवडी, एथलेटिक्स, ( फिल्ड ट्रयाक), कराते, डब्लुटीएफ तेक्वान्डो र उसु लगायतका सबै खेलहरु एन्फा टेक्निकल सेन्टर देवीनगरमा संचालन गरिने भएको छ ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा समावेश हुने खेलहरु छात्र/छात्रा भलिवल, कवडी, एथलेटिक्स ट्रयाक तर्फ छात्र/छात्रा १००,२००,४०० ८००,१५००, ३००० मीटर दौड, रिले तर्फ ४X१००, ४X४०० छात्र/छात्रा, फिल्ड तर्फ उफ्रने र फ्याक्ने छात्र/छात्रा तर्फ हाइजम्प, लङ्जम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो ८०० ग्राम, सटपुट १२ पाउण्ड छात्र/छात्रा तर्फ ६०० ग्राम र ८ पाउण्ड मार्सलआर्ट तर्फ कराते छात्र ४२ के.जी., ४६ के.जी., ५२ के.जी. काता एकल तर्फ छात्रा तर्फ ४० के.जी.,४५ के.जी.,५० के जी. र काताएकल तेक्वान्डो तर्फ छात्र ४५ के.जी.,४८ के.जी. र ५१ के.जी. छात्रा तर्फ ४२ के.जी. ४४ के.जी. र ४६ के.जी. उसु छात्र छात्रा Chang Quan, Nan Quan and Taiji Quan लगायत रहेका छन् ।