२०८१ श्रावण १२

सभामुखको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ४, शनिबार १४:४४ गते

बुटवल ४ चैत ।
नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

शुक्रबार पत्रकारहरूसँगको भेटमा सभामुख घिमिरेले पत्रकार तथा सञ्चार क्षेत्रका बारेमा विवादास्पद अभिव्यक्ति दिएका थिए । महासंघले उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेको छ ।
महासंघका महासचिव रोशन पुरीले समग्र सञ्चार क्षेत्रलाई नै आक्षेप गराउने आधारहीन, तथ्यहीन र अशोभनीय कुरा सभामुख घिमिरेले गरेकाले त्यसको विरोध गर्नुपरेको बताएका छन ।

सभामुखजस्तो पदमा रहेर प्रेस स्वतन्त्रताको भावनाविपरीत अत्यन्तै अशोभनीय ढंगले पत्रकारहरूमाथि आक्षेप लगाउनु अशोभनीय र अमर्यादित काम भएको उनले स्पष्ट पारे । महासचिव पुरीले समाजका सबै क्षेत्रमा कमीकमजोरी रहेकाले त्यसलाई सच्याउन सकारात्मक ढंगले पहलकदमी अघि बढाउनुपर्ने बताए । महासंघले विज्ञप्ती जारी गरेर आपत्ति प्रकट गरेको छ ।