२०८१ श्रावण १२

लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीको प्रस्ताव
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १२, आईतवार १०:११ गते
 ५३ सांसदले बुझाए हस्ताक्षर

बुटवल १२ चैत।

लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै ५३ सांसदले प्रदेश प्रमुखको कार्यालयमा हस्ताक्षर बुझाएका छन्।

आइतबार दिउँसो  विभिन्न आठ दल र स्वतन्त्र  सांसद गरी ५३ जनाले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका छन ।

कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन-तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद तथा एकजना स्वतन्त्र सांसदले हस्ताक्षर गरी मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका हुन्।

साथै मुख्यमन्त्री लीला गिरीको सरकारमा सहभागी भएका सबै दलले राजीनामा बुझाएर समर्थन फिर्ता लिएका छन्।  यसअघि सरकारमा माओवादी केन्द्रका तीनसहित जनमतका एकजना र जसपाका एकजना मन्त्री थिए।

मुख्यमन्त्रीसहित पाँचजना एमालेका र दुईजना राप्रपाका मन्त्री  थिए। राप्रपाका मन्त्रीले भने मुख्यमन्त्री गिरीलाई नै समर्थन कायमै राखेका छन्। ८७ सांसद रहेकाे लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ।