२०८१ श्रावण १२

प्रमुख दलहरुबीच सहकार्य जरुरी ः पन्थी
  • लुम्बिनी खोज
  • २०८० बैशाख २, शनिबार १३:५१ गते

बुटवल २ बैशाख
लुम्बिनी प्रदेशका सांसद दिनेश पन्थीले मुलुकमा राजनितिक र आर्थिक स्थिरताका लागि प्रमुख दलहरुबीच सहकार्य जरुरी रहेको बताएका छन ।
विभिन्न परिवर्तनका आन्दोलन र आन्दोलनका उपलब्धीलाई स्थापित गर्न कांग्रेस एमाले लगायत मुख्य दलहरुबीच सहकार्यको स्मरण गर्दै उनले आज पनि प्रमुख राजनितिक दलको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
गुल्मी सिर्सेनी सम्पर्क समाज रुपन्देहिले आज बुटवलमा गरेको भित्तेपात्रो बिमोचन नया बर्षकोे शुभकामना आदान प्रदान कार्यक्रममा सांसद पन्थीले दलहरु बिचको खिचातानीले प्राप्त उपलब्धीहरु खतरामा पर्न लागेको र यसको मौका छोपेर एजेण्डा बिहिन शक्तिहरु र परिवर्तन नचाहने शक्तिले टाउको उठाउन थालेकाले जनस्तरबाट पनि दबाब सिर्जना गर्नुपर्नेे बताए ।