२०८१ श्रावण १२

लायन्स डिष्ट्रक गभर्नरमा अर्जुनमान सैंजूको उम्मेदवारी
  • लुम्बिनी खोज
  • २०८० बैशाख ९, शनिबार १२:५७ गते

बुटवल ९ बैशाख ।
लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको डिष्ट्रिक गभर्नरमा अर्जुनमान सैंजूले उम्मेदवारी दिएका छन । सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर समेत रहेका सैंजूले लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको दोस्रो गभर्नरको लागि उम्मेदवारी दिएका हुन ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको यहि बैशाख १६ गते रुपन्देहीको भैरहवामा महाधिवेशन हुदैछ । त्यस्तै फस्ट भाईस डिष्ट्रिक गभर्नरमा पुरुषोत्तमभक्त प्रधानाङ्ग र सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा कुशप्रसाद मल्लीले उम्मेदवारी दिएका छन । प्रधानाङ्ग हाल सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर रहेका छन ।

डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, पूर्व गभर्नरहरु महेन्द्रनारायण श्रेष्ठ, अरुणप्रताप राणा, सुनिल वझा, अनुप पहाडी समेतको रोहवरमा गरिएको कार्यक्रममा तीनै जनाले संयुक्त रुपमा उम्मेदवारी दिएका हुन ।